Logo

प्रचण्ड संरक्षकको भूमिकामा रहेर नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्न प्रस्ताव गरिएको जनार्दनको दस्तावेजमा के छ ?



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् । पार्टीको स्थायी कमिटी बैठकमा उनले अध्यक्ष प्रचण्ड संरक्षक र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिका रहेर पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गरिनुपर्ने प्रस्ताव अगाडि सारेका हुन् ।

अहिले पार्टीमा दुई लाइन संर्घर्ष रहेको, एकथरीले अन्ध समर्थन गर्ने र अर्कोथरीले वर्ग संघर्षकै रुपमा बुझ्ने प्रवृत्ति हाबी रहेको उल्लेख गर्दै उनले पार्टी निर्माण, नयाँ परिस्थितिअनुसार रुपान्तरण र विकासको अर्थमा बुझ्ने चेतना अभिवृद्धि गराउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरण हुनुपर्ने उल्लेख गरेका छन् । उनले नेतृत्व हस्तान्तरणका तीन वटा उपाय सुझाएका छन् ।

सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने, प्रचण्डले संरक्षक र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही तेस्रो पु्स्तालाई हस्तान्तरण गर्ने वा केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन उनले विकल्प प्रस्तुत गरेका छन् ।

‘अध्यक्ष प्रचण्डले संरक्षकको भूमिकामा रही वैचारिक प्राधिकार र सत्ताको नेतृत्व गर्ने । हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही विभागीय काम, अनुगमन, मुल्याङ्कन, स्कुलिङ, प्रशिक्षण गर्ने र तेश्रो तहका युवाहरुलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने,’– उनले स्थायी कमिटी बैठकमा पेश गरेको प्रस्तावमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्