Logo

शेखरलाई देउवाको जवाफ: महाधिवेशन ०८२ मै हुन्छ, किन शंका गरेको?



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशन नियमित समयमा नै हुने प्रतिबद्धता जनाएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा। शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेका थिए । कोइरालाले १५ औं महाधिवेशन नियमित समयमै हुनुपर्ने जिकिर गरेका थिए ।

डा कोइारलाले महाधिवेशन समयमै हुनेमा शंका व्यक्त गरेपछि सभापति देउवाले आगामी महाधिवेशन समयमै हुनेमा शंका नगर्न आग्रह गरेको एक नेताले जानकारी दिए । शेखरले बोल्दा बोल्दै रोकेका देउवा भनेका थिए ‘२०८२ मा महाधिवेशन हुन्छ हुन्छ, किन शंका गरेको?,’।



प्रतिक्रिया दिनुहोस्