Logo

प्रधानमन्त्री ओली भेट्न भारतीय विदेशसचिव मिस्री सिंहदरबारमा



काठमाडौं,२७ साउन । परराष्ट्र सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भारतका विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् ।

प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटका लागि मिस्रा सिंहदरबार पुगेका छन् । उनले ओलीसँग नेपाल भारतका बारेमा कुराकानी गर्नेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । भारतका विदेशसचिवको यो भ्रमण नियमित हो ।

उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्। उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्