Logo

कोशी एमालेका पूर्वमन्त्री र ‘सक्किगोनि’का कलाकार आचार्यसहित ११ जना जुवाडे पक्राउ



काठमाडौं,२७ साउन । नेकपा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य वुद्धिकुमार राजभण्डारीसहित ११ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई शनिबार साँझ सवा ६ बजेतिर काठमाडौं महानगरपालिका–८ गौरीघाटबाट पक्राउ गरिएको हो । उनीहरुबाट १ लाख ५० हजार र १६ बुक तास बरामद गरिएको हो ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बीरबहादुर राई, कलाकार पुरुषोत्तम आचार्य , उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन् ।

महत घरभेटी हुन भने आचार्य टलिसिरियल सक्किगोनीका कलाकार हुन् उनी सक्कीगोनीमा पुलिसको भूमिकामा छन् ।



प्रतिक्रिया दिनुहोस्