Logo

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीको शिष्टाचार भेट



काठमाडौं,२७ साउन । २ दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर ओलीसँग र शीतलनिवास पुगेर पौडेलसँग मिस्रीले भेटवार्ता गरेका हुन् । मिस्री परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा आज विहान काठमाडौं आईपुगेका हुन् ।

रराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । भारतका विदेशसचिवको यो भ्रमण नियमित हो ।

उनी हालै विदेशसचिवमा नियुक्त भएका हुन्। उनको यो भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै भारतको ‘छिमेक पहिलो नीति’अन्तर्गत नेपालसँगको सम्बन्धलाई भारतले दिएको प्राथमिकतालाई प्रतिविम्बित गरेको कूटनीतिक क्षेत्रका जानकारहरूले बताएका छन् ।विदेशसचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्किनेछन् ।



प्रतिक्रिया दिनुहोस्