Logo

उपमहासचिव शर्माको निर्मम् समीक्षा: ‘माओवादीमा जो-जति छन्, सबै असन्तुष्टि बोकेर बाँचेका छन्’



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी दिन प्रतिदिन असफलतातिर जानुको जिम्मेवारी मूल नेतृत्व र नेतृत्वको टिमले नलिएको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पेश गरेको लिखित दस्तावेजमा उनले नेतृत्वको कारण अहिले पार्टीमा रहेको सबै असन्तुष्टि बोकेर बाँचिरहेको उल्लेख गरेका छन् ।

‘हामी शून्यतर्फ उन्मुख छौं । पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किएको छ । त्यसपछिको निर्वाचनमा कूल मतदाता संख्या बढेपनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं । विडम्बना के छ भने, आज पार्टीमा जे–जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन् । यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनाकानी गरिरहेका छौं ?’ उनले प्रश्न गरेका छन् ।

त्यस्तै, माओवादीको जनाधार खस्किँदै जानुमा जनता नभएर माओवादीले नै उठाएको नारा र आश्वासन रहेको उनको ठहर छ । शान्ति प्रक्रियापछि माओवादीको तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, सम्बन्ध, जनसम्पर्क सही नभएको र माओवादीको बसाइ, उठाइ र रहनसहन राजा महाराजाको जस्तो भएकाले जनताले मन नपराएको उपमहासचिव शर्माको बुझाइ छ ।



प्रतिक्रिया दिनुहोस्