Logo

मन्त्री पौडेलको आगामी प्राथमिकताः स्वास्थ्य विमाको दायरा कम्तिमा ५ लाख पुर्याइने (पूर्णपाठसहित)



काठमाडौं, २७ साउन । स्वाथ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वाथ्य विमाको दायर कम्तिमा ५ लाख पुर्याइने बताएका छन् । आज (आइतबार) आगामी प्राथमिकता तथा कार्ययोजना सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले विमाको हालको दायरा कम्तिमा ५ लाख बनाउने गरी फराकिलो बनाउन, सेवालाई गुणस्तरीय र सेवा प्रवाह प्रक्रिया सहज बनाउन विमाको नीतिगत र कानुनी व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने बताएका हुन् ।

बीमामा आवद्धतालाई द्रुत गतिमा बढाउन स्वास्थ्य बीमा ऐन बमोजिम औपचारिक अनौपचारिक क्षेत्रलाई समेत अनिवार्य स्वास्थ्य बिमामा समेट्न, आम्दानीको आधारमा प्रिमियम र भुक्तानीको प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन पनि पहल गरिने उनले बताएका छन् ।

सरकारले भिन्न–भिन्न कार्यक्रम मार्फत निःशुल्क वा सहलियत रुपमा स्वास्थ्य सेवा दिइरहेकोमा सबै सेवा र सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमलाई बीमाको छाताभित्र राख आवश्यक प्रबन्ध मिलाइने पनि बताइएको छ । योगदानमा आधारित् सामाजिक सुरक्षाका कार्यक्रम र अन्य सामाजिक सुरक्षा एवं बिमाका अन्य कार्यक्रमलाई स्वास्थ्य बीमासँग जोड्न आवश्यक पहल गरिने र बीमाको प्रारम्भिक प्रवेश विन्दु र प्रेषण प्रणालीको विद्यमान झण्झटिलो प्रक्रियालाई पुनरावलोकन गरी सहज बनाइने बताइएको छ । विमा आवद्धता, नविकरण, प्रारम्भिक प्रवेश बिन्दु र प्रेषण लगायतका सन्दर्भमा स्थानीय तह प्रदेश सरकारसँग समन्वय गरिने पनि उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्