Logo

माओवादीमा प्रचण्डको उत्तराधिकारी खोजी, नेतृत्वले गरेको मूल्याङकनप्रति असन्तुष्टि



काठमाडौं, २७ साउन । नेकपा (माओवादी केन्द्र) भित्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उत्तराधिकारीको खोजी सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा आज प्रचण्डको उत्तराधिकारीबारे छलफल भएको प्रवक्ता अग्नि सापकोटाले बताए । उनले उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधि र संगठनमा धेरै राम्रो तयारी गर्नुपर्ने भएकाले यो विषयमा छलफल भएको उनले सुनाए ।

‘कम्युनिष्ट पार्टीभित्र नेतृत्व विकासको कुरा उत्तराधिकारी बनाउने कुरा यी कुरा निकै महत्वपूर्ण हुन्छन् । ती विषयमा सैद्धान्तिक रुपमा छलफल चलेको कुरा साँचो हो,’– प्रवक्ता सापकोटाले भने ।

साथै, बैठकमा वक्ताहरुले नेतृत्वले सही मूल्याङ्कन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा वैज्ञानिक मापदण्ड बनाएर मूल्याङ्कन गर्ने परिपाटी बसाल्नुपर्नेमा वक्ताहरुले जोड दिए । आजको बैठकमा १४ जनाले आफ्नो धारणा राखेको र अधिकांशले वैज्ञानिक मापदण्ड बनाएर मूल्याङ्नको परिपार्टी बसाल्नुपर्नेमा जोड दिएको प्रवक्ता सापकोटाको भनाइ छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्