Logo

जुवाखालबाट पक्राउ परेका एमाले कोशीका सांसद राजभण्डारीसहित ११ जना धरौटीमा रिहा



काठमाडौं । नेकपा एमालेका नेता तथा कोशी प्रदेश सभा सदस्य वुद्धिकुमार राजभण्डारीसहितका ११ जना जुवाडे नेता धरौटीमा रिहा भएका छन् । कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्रीसमेत रहेका राजभण्डारी जुवाको खालबाट आइतबार समातिएका थिए ।

शनिबार गौरिघाटबाट प्रहरीले उनीहरुलाई राजु महतको घरमा जुवा खालबाट पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौले तोकेको जनही १० हजार धरौटी तिरेर उनीहरु छुटेका हुन्।

सांसद राजभण्डारीसहित सोलुखुम्बु सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष वीरबहादुर राई, कलाकार पुरुषोत्तम शर्मा, उत्तमकुमार राई, अनिश तामाङ, ठुला तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा पक्राउ परेका थिए।



प्रतिक्रिया दिनुहोस्