Logo

संविधान संशोधन गर्ने हो भने प्रदेश खारेज गर्नुपर्छः चित्रबहादुर केसी (भिडिओसहित)



काठमाडौं, २९ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संविधान संशोधन गर्ने हो भने सबैभन्दा पहिला प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेश खारेजीको माग जनताको पनि रहेको बताए । उनले प्रदेश संरचनाका कारण संसद् र मन्त्रीको फ्याक्ट्री नै बनेको टिप्पणी गरे ।

‘जसले उहाँहरुलाई संघीयता बोकाएको हो, त्यो बोकाउनेले मञ्जुरी नगरी उहाँहरुको केही लाग्दैन संघीयता खारेज गर्न । ८ वटा जिल्ला भएको प्रदेशमा २० जना मन्त्री बनाउनुपरेको छ । सबै राजनीतिक दलका मन्त्रीका भोकालाई पद दिनुपरेको छ ।’ उनले भने, ‘कहाँ उहाँहरुले प्रदेश खारेज गर्नुहु्न्छ ? संविधान संशोधन गर्ने हो भने नेपाली जनताको माग पनि हो, नेपालको आवश्यक्ता पनि हो । यहाँ मन्त्री, सांसदको फ्याक्ट्री होईन, प्रदेशमा हुने खर्चबाट यहाँ उद्योगधन्दा खोल्ने हो । कलाकारखाना होल्ने हो । यदि संविधान संशोधन गर्ने हो भने प्रदेश खारेज गर्नुपर्छ ।’

त्यस्तै, संविधान संशोधनबाट प्रजातान्त्रिक विकेन्द्रीकरण गरिनुपर्ने उनको भनाइ छ । सिंहदरबारको अधिकार स्थानीय तहलाई दिनुपर्ने उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्