Logo

विगतका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउन दलहरुले हदम्याद राख्न खोजेः सन्तोष परियार



काठमाडौं, २९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रष्टाचार निवारण सम्बन्धी कानुनमा हदम्याद राख्ने विषयको विरोध गर्ने भएको छ । आज (मंगलबार) बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारजन्य मुद्दामा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निश्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दैै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचारको कसुरमा कुनै पनि बेला मुद्दा चलाउन पाउनुपर्ने बताए । उनले निश्चित हदम्याद राखेर राजनीतिक दलहरुले विगतमा गरेको भ्रष्टाचारबाट उन्मुक्ति पाउन खोजेको टिप्पणी गरे । भ्रष्टाचारजन्य मुद्दामा ५ वर्षको हदम्याद राख्ने छलफल भइरहेको छ ।

‘भ्रष्टाचार निवारण सम्बन्धी कानुन जो बनिरहेको छ, त्यसमा हदम्याद राख्ने कुरा भएको छ । त्यो कदाचित स्वीकार्य छैन । भ्रष्टाचारको मुद्दामा कुनै पनि बेला भ्रष्टाचारको आशंका हुँदाखेरी मुद्दा चल्न सक्छ । त्यसलाई निश्चित समय राखेर विगतमा गरेका भ्रष्टाचारजन्य काम कारबाहीबाट उन्मुक्ति पाउने बाटोमा राजनीतिक दलहरुले गम्भीर त्रुटी गर्दैछन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकार्दैन । बेजोडका साथ संसद्मा उठाउने भन्ने कुरा भएको छ,’– प्रमुख सचेतक परियारले भने । Photo By: Mukunda kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्