Logo

सरकारलाई रास्वपाको चेतावनी: प्रतिपक्ष कमजोर छैन, दुई तिहाईको रवैया नदेखाऊ



काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बोल्दाबोल्दै सभामुख देवराज घिमिरेले माइक काटेपछि प्रतिपक्षी दलहरुले सदन अवरुद्ध गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद ढकालले विद्युत प्रधिकरण र सरकारबीचको टसलबारे कुरा उठाउन लागेका थिए । डेडिकेटेड र टंक लाइन विवादमा ६ वटा उद्योगको लाइन नेपाल विद्युत प्राधिकरणले काटेपछि सरकार र प्राधिकरणबीच पानी बाराबरको अवस्था सिर्जना भएको छ । ढकालले सोही विषयमा कुरा राख्न खोजेका थिए ।

ढकालले सो विषय राख्न खोज्दा घिमिरेले आकस्मिक समयमा अन्य विषय नजोड्न आग्रह गर्दै माइक काटेपछि २५ मिनेटसम्म सदन अवरुद्ध बनेको थियो । २५मिनेटपछि फेरि सांसद ढकाललाई बोल्नदिन सभामुख राजी भएपछि सदनको अवरोध खोल्यो । सदनको अवरोध खुलेपछि सांसद ढकालले सरकारले बहुमतको रवैया देखाएको आरोप लगाए । उनले प्रतिपक्षी दल कमजोर नभएको भन्दै दुईतिहाइको दम्भ नदेखाउन सरकारलाई चेतावनीसमेत दिए ।

उनले भने,‘प्रतिपक्ष कमजोर छैन। भ्रष्टाचारविरुद्धको महाअभियानमा जोडिएको पार्टी हो रास्वपा।’



प्रतिक्रिया दिनुहोस्