Logo

संसद् घेराउ गर्न पुगेका दलित अधिकारकर्मी खगेन्द्र सुनार पक्राउ



काठमाडौं, २९ साउन । दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार पक्राउ परेको छन् । संवैधानिक हक बमोजिम राज्यका निकायहरुमा दलित समुदायको प्रतिनिधित्व नदिइएको भन्दै सुनारसहितका अभियन्ताहरुले प्रदर्शन गर्दै आएका थिए ।

उनीहरुले यसअघि काठमाडौंमा भृकुटीमण्डपमा सांङ्ग्लोमा बाधिँएर प्रदर्शन गरेका थिए । आज संसद् भवन घेराउ गर्न गएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

संघीय सरकार, प्रदेश सरकार र विभिन्न संवैधानिक निकायको नियुक्तिमा दलित समुदायलाई संवैधानिक व्यवस्था बमोजिम समानुपातिक प्रतिनिधित्व दिनुपर्ने उनीहरुको माग छ ।फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्