काठमाडौं,२९ साउन । नेकपा एमालेका सांसद किरण साहले बंगलादेशमा राजनीतिक लडाईंको नाममा हिन्दू धर्मावलम्बीमाथि भईरहेको आक्रमणप्रति आपत्ति जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद साहले यसबारेमा सरकारले कूटनीतिक माध्यमबाट बंगलादेशलाई सचेत गराउनुपर्ने बताए ।
‘बंगलादेशमा सरकारको मौन समर्थनमा अतिवादी समूहहरुले त्यहाँका हिन्दूहरुमाथि वर्वरतापूर्व अमानवीय र कूकृत्य गरिरहेका छन् । नेपाल हिन्दू र वौद्ध धर्मको उद्गमस्थल भएको हुँदा यसबारेमा सरकारले कूटनीतिक माध्यमबाट नोट पठाउँदै सचेत गराओस्’ उनले भने ।