काठमाडौं,२९ साउन । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र टंक लाइन विवादमा आफ्नो चरित्र हत्या भएको गुनासो गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पोखरेलले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आउनेगरी चरित्र हत्या भएपछि सदनमा बोल्न बाध्य भएको बताए ।
‘म सार्वजनिक लेखा समितिको सभापति । सभापतिको रुपमा म यहाँ नबोल्नुपर्थो तर,मेरो चरित्रहत्या हुनेगरी म विरुद्ध प्रचार भएपछि सत्यतथ्य मैले बोल्नैपर्छ । त्यसैले म यहाँ बोल्न उपस्थित भएको छु’ उनले भने ।