Logo

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मल्ल, सचतेकको जिम्मेवारी ऐरलाई



काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद चक्रबहादुर मल्ल र सचेतकमा जानकी ऐर बम चयन भएका छन्।

मंगलबार संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अध्यक्षतामा दलको कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा सुरेन्द्रबहादुर पाल र सचेतकमा निर्मला देवी साउद थिए।

पाल भौतिक पूर्वाधार विकास मन्त्री र साउद सोही मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त भएकाले नयाँ प्रमुख सचेतक र सचेतक चयन गरिएको संसदीय दलका नेता रावलले जानकारी दिए।

प्रमुख सचेतकमा चयन भएका मल्ल डोटीको प्रदेश सभा (१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने बम बैतडीबाट समानुपातिक सांसद।



प्रतिक्रिया दिनुहोस्