Logo

‘मेरो अनुभवमा न्याय पाउन झण्डैझण्डै असम्भव छ’: प्रधानमन्त्री ओली



काठमाडौं, २९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय पाउन झण्डैझण्डै असम्भव रहेको बताएका छन् । आज (मंगलबार) महान्यायाधिवक्ता कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले जिन्दगीमा न्याय पाएको अनुभव नै नगरेको बताए । उनले न्याय दिने कि मार्ने भन्ने कुरा प्रहरीबाट नै सुरु हुने टिप्पणी गरे ।

‘न्याय भनेको अलि जटिल नै कुरा हो । मेरो अनुभवमा न्याय पाउन झण्डैझण्डै असम्भव छ । मैले जिन्दगीमा न्याय पाएको त्यती अनुभव गरेको छैन । तर, पाइँदै नपाइने पनि होईन न्याय । खास कारणबस न्याय नपाइन पनि सक्छ,’– उनले भने ।

प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुने पनि बताए । प्रधानमन्त्री ओलीले टीआरसी विधेयकलाई पीडितमैत्री भएर अघि बढाइएको बताए । अन्तर्राष्ट्रिय समुदायले समेत उक्त विधेयकलाई सक्रियतापूर्वक चासो राखेको उनले बताए ।

‘‘हामी टीआरसीसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिबाट पारित भएर आज प्रतिनिधि सभामा पेस भएको छ।त्यस सम्बन्धमा भोलि राजनीतिक दलका नेताले राय व्यक्त गर्नुहुन्छ। त्यसपछि त्यो एक दुई दिनमा पारित हुन्छ र राष्ट्रिय सभामा जान्छ,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्