काठमाडौं, २९ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्तावमाथि बुँदागतरुपमा छलफल सुरु भएको छ । अध्यक्ष यादवद्वारा प्रस्तुत संविधान संशोधन, संघीयता कार्यान्वयनलगायतका ६१ बुँदे प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
मङ्गलबारको बैठकमा केन्द्रीय सदस्यहरुलाई संघीयताका जानकार खीमलाल देवकोटाले प्रशिक्षण दिए । आधारभूत सङ्गठन निर्माण अभियानअन्तर्गत केन्द्रीय सदस्यहरुलाई अभियन्ताको रुपमा स्थानीय तहमा जिम्मेवारी तोक्ने कार्यसूचीमाथि बुधबार छलफल हुने छ ।