Logo

संसद्का दुई संयुक्त समितिले नेतृत्व पाउँदै, न्यौपाने र गैरेले उम्मेदवारी दर्ता गर्ने



काठमाडौं,३० साउन । संसद्मा रहेको दुईवटा संयुक्त समितिको सभापतिका लागि आज मनोनयन दर्ता हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गत रहने संसदीय सुनुवाइ विषेश समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा आज मनोनयन हुन लागेको हो ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले ३१ साउनको निर्वाचन मित ितोक्दै आज उम्मेदवारी दर्ता हुने जानकारी गराएका थिए । आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म संघीय संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउन सकिने संसद् सचिवालयले जनाएको छ ।

सत्तारुढ दलबीच भएको भागबन्डा अनुसार संसदीय सुनुवाइ समिति नेपाली कांग्रेस र अर्को समिति नेकपा एमालेको भागमा परेको छ । कांग्रेसबाट इश्वरीदेवी न्यौपाने र एमालेबाट ठाकुरप्रसाद गैरे उम्मेदवार बन्ने नेताहरुले बताएका छन् । यद्यपी एमालेमा राष्ट्रिय सभा सदस्य तुलसीकुमारी दाहाल र सांसद एलपीसावा लिम्बुले पनि दाबी गरिरहेका छन् । दाहालको कार्यकाल दुई वर्ष मात्र रहेको हुँदा गैरेनै उम्मेदवार बन्ने सम्भावना बढीरहेको नेताहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्