Logo

टीआरसी विधेयक पीडितमैत्री रहेको प्रधानमन्त्री ओलीको दाबी, ऐन बनेपछि सहमतिमै प्रभावकारी आयोग बन्ने विश्वास व्यक्त



काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ लाई संशोधन गर्न बनेको विधेक पीडितमैत्री रहेको बताएका छन् । आज (बुधबार) प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले विधेयक पीडितमैत्री रहेको र दलहरुले पनि सहमतिका साथ विधेयकमा सहमति जनाएको बताए ।

‘हामीले पीडितमैत्री कुनै करकापमा नपरी सहमतिका साथ यस दस्तावेजलाई अगाडि बढाएका छौं । प्रतिनिधि सभाले आज पास गर्छ । केही दिनपछि राष्ट्रिय सभाले पनि पास गर्छ । शान्तिका पक्षधर हामी सबै छौं । हामी सबै शान्तिका पक्षधरलाई यो खुसीको कुरा हो,’– उनले भने ।

ऐन बनेपछि आयोग निमार्ण गरिने उनले बताए । सहमतिको साथमा नै प्रभावकारी आयोग बन्न उनको भनाइ छ । उनले आयोगलाई सरकारले पूरा सहयोग गर्ने उनले बताए । नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि समाधान भइसक्यो भन्ने सन्देश विश्वलाई दिन नेपाल सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

उनले प्रतिस्पर्धी र बहुदलीय व्यवस्था करकापमा नल्याइएको बताए । उनले आफूलाई प्रतिस्पर्धी, बहुदलीय र लोकतान्त्रिक व्यवस्थामाथि मात्रै विश्वास रहेको बताए ।

उनले सरकार लोकतान्त्रिक प्रणाली, लोकतन्त्रका मूल्य मान्यताहरु, देश र जनतालाई सर्वपरी राखेर, देश र जनताको हितप्रति समर्पित भएर, लोकतन्त्रका मूल्य मान्यतालाई जीवन पद्धतिको रुपमा अवलम्बन गरेर, सुशान, भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशमा जाने कुरामा प्रतिवद्ध रहेको बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्