Logo

मुकुललाई साधारण सदस्यबाट निष्कासन गर्ने रास्वपाको तयारी ,सोधियो स्पष्टीकरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका पूर्व महामन्त्री डा मुकुल ढकाललाई साधारण सदस्यसमेतबाट हटाउने तयारी गरेको छ ।

साधारण सदस्यबाट समेत हटाउने तयारी स्वरुप मुकुललाई स्पष्टीकरण सोधिएको छ । उनले पार्टीविरुद्ध निरन्तर विवादित टिका टिप्पणी गरेको रास्वपाले जनाएको छ ।

“पार्टीविरुद्ध नियोजित रुपमा निरन्तर सक्रिय तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्कासन नगर्ने ? तपाईंको साधारण सदस्यता किन खारेज नगर्नुपर्ने हो ? आफ्ना आधार प्रमाण तथा भनाइसहित २४ घण्टाभित्र पार्टीमा स्पष्टीकरण पेश गर्नुहुन सुचित गरिन्छ,” स्पष्टीकरण पत्रमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्