Logo

प्रधानमन्त्री ओलीको व्यवहारप्रति प्रचण्ड सशंकित, भन्छन्: उहाँले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ बुझ्नुपर्ने स्थिति छ



काठमाडौं,३० साउन । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले जनयुद्ध शव्दलाई प्रयाग गर्न हिच्किचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बुधबारको प्रतिनिधि सभा बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ माथिको छलफलमा बोल्दै उनले संविधानसभाको व्याख्यात्मक टिप्पणी नभुल्न अनुरोध गरे । उनले माओवादी जनयुद्धभन्दा जातै जाला जस्तो गर्ने नेताबाट प्रवृत्ति बढेको उल्लेख गरे ।

“अहिले पनि नेताहरू बोल्दा हिसात्मक द्वन्द्व भन्ने गर्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जातै जाला जस्तै गर्नुहुन्छ । जबकी संविधानसभाबाट माओवादी जनयुद्ध भनेर लेखिएको छ,” उनले भने ।

फरक प्रसंगमा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ र गराई फरक परेको भन्दै आशंका व्यक्त गरेका छन् । ओलीले हुन्छ भनेको कुरा नहुने र हुँदैन भनेको कुरा हुने भएको भन्दै प्रचण्डले आज सदनमा गरेको प्रतिवद्धा उल्टो नहोस् भन्ने कामनासमेत गरेका छन् ।

‘अहिले यहाँ सम्माननीय प्रधानमन्त्रीले त्यो होइन, बहुदलीय हो भन्नुभयो । त्यो त्यही नै साबित होस् म त्यही अपेक्षा गर्छु’, प्रचण्डको भनाइ छ । तर उनले ओलीले हुन्छ भन्दा हुन्न र हुन्न भन्दा हुन्छ बुझ्नुपर्ने स्थिति रहेकाले आशंकाले हेर्नुपर्ने भए पनि प्रधानमन्त्रीले बोलेको कुरा पुरा होस् भन्ने आफूले चाहेको प्रचण्डले बताए । ‘यो चुनौतीको सामना गर्न एकताबाहेक केही छैन’, प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्