Logo

‘नक्कली भुटानी शरनार्थी प्रकरणका नाइकेलाई कारबाही गर’ भन्दै संसद् भवनभित्रै प्रदर्शन



काठमाडौं, ३० साउन । संघीय संसद् भवनभित्र ‘नक्कली भुटानी शरनार्थीलाई कारबाही गर’ भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले ‘नक्कली भुटानी शरणार्थी, सहकारी ठगी र गिरीबन्धुका नाइकेहरुलाई कारबाही गर’ लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनमा संलग्न अछामका दीपक देवकोटालाई नियन्त्रणमा लिएको छ । उनी रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थी रहेको बताइएको छ । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्