काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादीले गरेको १० वर्षे सशस्य युद्धको बेलामा माओवादीका नेताहरुसँग कुराकानी गर्दा आफूहरुमाथि कारबाहीको माग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली भएको दाबी गरेका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा माओवादी र एमालेबीच कसरी वार्ता प्रारम्भ भएको थियो भन्नेबारेमा जानकारी गराउँदै त्यसबेला एमालेका नेताहरु वामदेव गौतम र युवराज ज्ञवालीलाई आफूले वार्ताका लागि खटाएको स्मरण गर्दै त्यसरी खटिनेहरुलाई कारबाही गरिनुपर्ने प्रस्ताव ल्याएको बताए ।
“राति म धवलशमशेर जबराको घरमा बास बसेर भोलिपल्ट लखनउ गरेर कुराकानी गरेको थिएँ,” उनले भने, “लखनउमा कुराकानी गरेर फर्किएर वामदेव गौतम र युवराज ज्ञवालीलाई खटाइएको हो । त्यसरी वार्ता गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने अरु कोही होइन अहिलेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँ माओवादीको कामबाट बढी आक्रोशित हुनुहुन्थ्यो हामी पनि कम आक्रोशित थियौँ र ? तर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्ने थियो ।”
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले आफूहरुको निक्कै ठूलो प्रयासले मात्र शान्ति पक्रियाको काम सम्पन्न भएको भन्दै खवरदाबी गर्दै सानो दुखले आर्जेको उपलम्धि नभएको बताए ।‘सानो दुखले आज्र्याको मुलुक होईन् भनैझ शान्ति पक्रियाको काम सानो दुखले आज्र्याको होईन् । सबैलाई चेतना भया’ नेपालले भने ।