Logo

प्रचण्डजीको प्रचण्डता देखिएन, टीआरसी विधेयक केपी ओलीले पारित गर्नुपर्योः एमाले नेता रावल



काठमाडौं, ३० साउन । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता राजेन्द्र रावलले नेकपा (माओावादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मा प्रचण्डता नदेखिएको टिप्पणी गरेका छन् । आज (बुधबार) प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन–२०७१ को तेस्रो संशोधन गर्न बनेको विधेयक प्रचण्डले पारित गराउन नसकेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘टीआरसी पनि हामीले नै गर्नुपर्यो । केपी शर्मा ओलीले आएर गर्नुपर्यो । प्रचण्डजीको प्रचण्डता त्यहाँ देखिएन । किन रोकियो त्यतिबेला ? शान्ति सम्झौतामा हस्ताक्षरकर्ताहरुले मात्रै किन गरेनन् त ? अहिले त शेरबहादुर देउवा चाहियो । अनि अझै अहिले केपी ओलीको नेतृत्वमा चाहियो । शान्ति सम्झौता भएको कति वर्षपछि कसले आएर गर्यो ? यो पनि बुझिहाल्नुस्,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्