काठमाडौँ । ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । ‘अक्वा त्रिदेव’ पानी तारकेश्वर नगरपालिका वडा–१० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीको उत्पादन हो ।
निरीक्षण अधिकृत डा.अवधेश झाका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमूना लिइएको थियो । यसरी लिइएको नमूना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । मंगलबार प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको थियो ।
सिएफयु शून्य हुनुपर्नेमा प्रति १ सय मिलिलिटर नमूनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको बताइएको छ । कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो ।