Logo

प्रतिनिधि सभाबाट पारित टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल



काठमाडौं । प्रतिनिधि सभाबाट बुधबार पास भएको टीआरसी विधेयक राष्ट्रिय सभामा टेबल भएको छ ।

बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।

राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।



प्रतिक्रिया दिनुहोस्