Logo

माओवादीमा गाभिने हल्लाबीच एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आह्वान



काठमाडौं,३२ साउन । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक आह्वान भएको छ ।
आगामी भाद्र ९,१० र ११ गते विहान ११ बजे काठमाडौँमा बैठक डाकिएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणलगायतको एजेण्डा रहेको भुसालले जानकारी दिए । उनका अनुसार बैठक बस्ने स्थान भने टुंगो लागेको छैन् । गत असारमा महाधिवेशन गरेको एसले पदाधिकारी चयन गर्न सकेको छैन् । लामो रस्साकस्सीपछि केन्द्रीय कमिटी चयन गरेपछि पदाधिकारी चयनमा भने सकस परेको छ । आगामी बैठकसम्म पदाधिकारी चयन हुने नेताहरु बताउँछन् ।

त्यसोत केन्द्रीय कमिटी बैठक अघिनै एस र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने हल्लासमेत चलेको छ । माओवादीले एसलाई पार्टीमा गाभ्न घनिभूत छलफल चलाईरहेको छ । यता एसले भने तत्काल पार्टी एकता नहुने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्