Logo

सहकारी ठगी प्रकरण: फलफूल खाँदै दिपेश पुनले दिए समितिलाई बयान



काठमाडौं,३२ साउन । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेश पुनले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित समितिलाई बयान दिएका छन् । सिंहदरबारमा आज उनले समितिलाई बयान दिएका हुन् ।

सरकारले सहकारीको ठगीबारे छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा एक समिति बनाएको छ । सो समितिले सहकारी ठगीमा मुछिएर थुनामा रहेकाहरुसँग पनि बयान लिईरहेको छ । बयान दिन पुगेका पुनले फलफूल खाँदै बयान दिएका छन् ।

पुन बुटवलको सुप्रिम सहकारीका सञ्चालक थिए । सहकारी ठगी सम्बन्धमा छानबिनका लागि पुनलाई गत २०८० चैत्र २ गते काठमाडौंबाट पक्राउ गरिएको थियो । पुन सञ्चालक रहेको सुप्रिम सहकारीबाट गोरखा मिडियामा गैर कानूनी ढंगले कर्जा प्रवाह भएको थियो ।

पुन पूर्व उपपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन् । दीपेश केही महिनादेखि सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्विर: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्