Logo

परराष्ट्रमन्त्री राणा आइतबार भारत जाँदै, मन्त्रिपरिषद्बाट भ्रमण स्वीकृत



काठमाडौं,३२ साउन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भदौं २ गते भारत प्रस्थान गर्ने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा आइतबार दिल्ली जान लागेकी हुन् । उनी भदौ ६ गतेसम्म नयाँ दिल्लीमा रहनेछिन् ।

रााणाको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृतसमेत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राणाको भारत भ्रमण स्वीकृत गरेको हो ।

त्यस्तै मन्त्रिपषद्को बैठकले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने, राजस्व न्ययाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ ।

यस्तै बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत विभिन्न् १४ वटा आयोजना तथा कार्यक्रम कार्यान्वयन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागि ४१ वटा राजपत्रांकित अधिकृत स्तरका पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय



प्रतिक्रिया दिनुहोस्