Logo

नेता/कार्यकतालाई प्रचण्डको आग्रहः ‘जनार्दनले पार्टी फुटाउँदैछन् भन्ने कसैलाई भ्रम छ भने मुक्त हुनुस्’



काठमाडौं, १ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी उपमहासचिव जनार्दन शर्माले पार्टी फुटाउँदैछन् भनेर शंका नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज (शनिबार) पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको ९औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै उनले जनार्दनले पार्टी फुटाउँदैछन् भन्ने भ्रम कसैलाई लागेको भए त्यसबाट मुक्त हुन आग्रह गरेका हुन् ।

केही मानिसहरुले जनार्दन पार्टी विभाजनको बाटोमा लागिरहेका छन् भनेर सुनाएको भए पनि आफूले कहिल्यै उक्त कुरा विश्वास नगरेको प्रचण्डले बताए । आफू स्थायी कमिटी बैठकबाट भने पार्टी झनै मजबुद रुपमा अगाडि बढेको उनको दाबी छ ।

विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन् । यदाकदा के भयो ? भन्ने भएको थियो । तर, बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर प्रष्ट पार्नुभयो । जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्