Logo

जनार्दन र वर्षमानलाई बाबुरामको नयाँ सुझावः ‘…सुनमा सुगन्ध हुन्छ’



काठमाडौं, १ भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा (माओवादी केन्द्र) का उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई रूपान्तरित हुन सुझाव दिएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पुरानो माओवादी भाष्यलाई समायानुकूल रुपान्तरित गर्न आग्रह गरेका हुन् ।

आफू माओवादीबाट रूपान्तरित भएर वैकल्पिक बाटो बनाइसकेको दाबी गर्दै उनले त्यसमा सबैलाई स्वागत गर्न तयार रहेको बताए । उमहासचिव†य शर्मा र पुनले माओवादी शक्तिलाई रूपान्तरण गरेर अगाडि बढ्दा सुनमा सुगन्ध हुने उनको भनाइ छ ।

‘पुरानै माओवादी भाष्य समातेर बस्नुभन्दा समयानुकूल यसलाई रुपान्तरण गरेर अगाडि जानुभयो भने त्यो चाहीँ देश र जनतालाई राम्रो हुन्छ भन्ने मेरो बुझाइ हो । माओवादी शक्तिलाई नै रुपान्तरण गरे सुनमा सुगन्ध हुन्छ । हामी आफ्नो वैकल्पिक बाट बनाइराख्छौं । त्यसमा सबैलाई हामी स्वागत छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्