Logo

देशको पक्षमा र भ्रष्टाचारको विरोधमा बोल्दा साह्रै गरे एमाले छोड्नेबारे सोच्न सकिन्छः भीम रावल



काठमाडौं, १ भदौ । नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले पार्टीभित्र आफूमाथि अन्याय भइराखेमा अर्को पार्टीमा जाने कुरा सोच्न सकिने बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको पक्षमा, भ्रष्टाचारको विरोधमा र विधि, पद्धति, सिद्धान्तको पक्षमा बोल्दा साह्रै गरेको खण्डमा एमाले छाड्ने बारे सोच्न सकिने बताएका हुन् ।

‘अहिले नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र अन्य वामपन्थी दलहरुबीच एकताको हुने कुरा चलिरहेको छ ।तपाईँ पनि उतै जान लाग्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘म अहिले एमालेको सदस्य हुँ । नेपालको स्वाधीनता र स्वतन्त्रताको लागि मैले आजभन्दा करिब ५ दशक अगाडि यो पार्टीमा पाइला टेकेँ । त्यसमा म अटल छु । मैले पहिला पनि भनेको छु–देशको पक्षमा बोल्दा, भ्रष्टाचारको विरोध गर्दा विधि, पद्धती, सिद्धान्त, संविधानको हितमा बोल्दा साह्रै गरेपछि कुनै पनि कुरा सोच्न सकिने अधिकार छ ।’



प्रतिक्रिया दिनुहोस्