काठमाडौं, २ भदौ । उच्च अदालत बार, पाटनको निर्वाचनमा विदुरप्रसाद ढुङ्गानासहितको टिम निर्वाचित भएको छ । हिजो (शनिबार) सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा ढुङ्गाना, उपाध्यक्षमा विष्णु ऋषि कोइराला, सचिवमा प्रवल शर्मा, कोषाध्यक्षमा भुपाल बस्नेत र सहसचिवमा शुसिला चौधरी निर्वाचित भएका छन् । महिला सदस्यमा विमला कुमारी शर्मा, जितिन्द्रा विष्ट र अधिवक्ता पुष्पा भुसाल निर्वाचित भएका छन् ।
त्यसैगरी, चित्र बहादुर कुताल विष्ट, रामानन्द चौधरी थारु, तिलक बहादुर पाण्डे, भानु निरौला, छन्दप्रसाद आचार्य, भिष्मप्रसाद पौड्याल, सुशिला श्रेष्ठ, कृष्ण सिंह महरा, रेशम कंडेल, निकेश कुमार लम्साल, केशव खतिवडा सदस्यमा निर्वाचित भएका छन् । उच्च अदालत बार पाटनको निर्वाचनमा एमाले–माओवादी र कांग्रेस–एकीकृत समाजवादी पार्टी निकट कानुन व्यवसायीहरुको पेशागत संगठनले गठबन्धन गरेको थियो । निर्वाचित टीम एमाले–माओवादी निकट कानुन व्यवसायीहरुको हो ।
उच्च अदालत बार पाटनमा हाल दुई हजार छ सय ३१ जना सदस्य रहेका छन् ।