Logo

टीआरसी विधेयकमा मोहन वैद्य नेतृत्वको पार्टीको ५ बुँदे असहमति



काठमाडौं, २ भदौ । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीले पाँच बुँदे असहमति प्रकट गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रवक्ता हेमन्त प्रकाश ओली (सुदर्शन) ले टीआरसी विधेयकका केही महत्वपूर्ण विषयमा पार्टीको असहमति रहेको बताएका छन् ।

विधेयक निर्माणका क्रममा सरोकारवालासँग आवश्यक छलफल नगरिएको, संसदमा छलफल बहस नचलाइएको
र रहस्यमय तरिकाले पारित गरिएको र अत्यन्तै अमूर्त, अस्पष्ट तथा गोलमटोल रहेको विज्ञप्तिमा उल्लेख छ । राज्यसत्ताले षडयन्त्रपूर्ण तरिकाले विधेयक ल्याएर रवैया देखाएको क्रान्तिकारी कम्युनिष्ट पार्टीको निश्कर्ष छ ।



प्रतिक्रिया दिनुहोस्