Logo

कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल



काठमाडौं, २ भदौ । नेपाली कांग्रेसले पार्टीबाट मन्त्री बनेकाहरुसँग महिनाको दुई पटक छलफल गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि कांग्रेसले हिजो (शनिबार) आफ्ना मन्त्रीहरुसँग छलफल गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बेलुका ५ बजेबाट सुरु भएको छलफल राति १० बजेसम्म चलेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा दुई राज्यमन्त्रीसहितका कांग्रेसका १२ जना मन्त्रीहरु छन् ।

सो बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा पनि सहभागी थिए । पार्टी र मन्त्रीहरुबीच समन्वय बढाउनका लागि छलफल सुरु गरिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्