Logo

टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट सर्वसम्मतिले स्वीकृत



काठमाडौं, २ भदौ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभाबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको छ । आज (आइतबार) सरकारको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा विधेयक पेश गरेका थिए ।

कानुनमन्त्री चौरसियाले नेपालका कहिले पनि पुनः द्वन्द्व नदोहोरियोस् र सबैलाई मान्य हुनेगरी शान्ति स्थापना होस् भनेर विधेयक ल्याइएको बताए । उनले विधेयक ऐन बनिसकेपछि पारदर्शी ढंगले आयोग बन्ने बताए । उनले टीआरसी विधेयक राष्ट्रिय सभाले सर्वसम्मतिले पारित गर्नेमा विश्वास व्यक्त गरे ।

टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदहरुले राष्ट्रिय सभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गराउन सकिने बताए ।



प्रतिक्रिया दिनुहोस्