Logo

सूर्यदर्शन सहकारीको पूर्वसचिव नकर्मी पक्राउ



काठमाडौं, २ भदौ । पोखरास्थिति सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पूर्वसचिव अनुज नकर्मी पक्राउ परेका छन् ।बचतकर्ताको रकम हिनामिना एवं अपचलन गरी ठगी गरेको अभियोगमा नकर्मीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । उनलाई गत शुक्रबार काठमाडौंको दक्षिणालीबाट पक्राउ गरेर कारबाहीको लागि कास्की लगिएको बताइएको छ ।

आज (आइतबार) नकर्मीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सूर्यदर्शनका अध्यक्ष जीबी राई भने अहिलेसम्म फरार छन् ।



प्रतिक्रिया दिनुहोस्