Logo

परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता



काठमाडौं, ३ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी छन् । भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेकी मन्त्री राणाले भारतीय समकक्षी जयशंकरसँग आज भेटवार्ता गरेकी हुन् ।

केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि नेपाल सरकारको तर्फबाट राणा पहिलो पटक भारतको औपचारिक भ्रमणमा गएकी हुन् । मन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउने, सहयोग अभिवृद्धि गर्ने र पारस्पारिक हितका विषयमा छलफल भएको बताइएको छ ।

मन्त्री राणाले आज नै भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा मन्त्री राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी हुन् । मन्त्री राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्