Logo

पार्टीभित्र व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्ति र गुट-उपगुट मौलाएको माओवादीको निश्कर्ष



काठमाडौं, ३ भदौ । हालै सम्पन्न स्थायी कमिटी बैठकपछि नेकपा (माओवादी केन्द्र) ले पार्टीपंतिमा सर्कुलर जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देवप्रसाद गुरुङले जारी गरेको परिपत्रमा पार्टीमा व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्न थालेको उल्लेख छ ।

व्यक्तिगत स्वार्थ, पद प्रतिष्ठा केन्द्रित प्रवृत्तिहरू बढ्दा नीजि स्वार्थ समूहहरूको गुट–उपगुटहरू पनि क्रियाशील भइरहेको माओवादी बैठकको निश्कर्ष छ । विधान र विधि पद्धतिलाई अवलम्बन गर्ने कुरा कमजोर बन्दै जाँदा पार्टीभित्र अराजक स्थिति पैदा भएको माओवादीको स्वीकारोक्ति छ ।

त्यस्तै, माओवादीले सरकारविरुद्ध कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै नेता कार्यकतालाई तयारी अवस्थामा रहन पनि परिपत्र गरेको छ । प्रतिगमन, राष्ट्रघात र भ्रष्टहरूको संरक्षण गर्ने दिशामा सरकार झनझन अगाडि बढेमा सडक आन्दोलन आवश्यक्ता पर्ने परिपत्रमा उल्लेख छ ।

साथै, माओवादीले कांग्रेस–एमालेबीचको ७ बुँदे सहमतिलाई प्रश्चगामी र प्रतिगामी कदमको संज्ञा दिएको छ । माओवादीले प्रतिगमन, राष्ट्रघात, भ्रष्टहरूको संरक्षणको विरोध र जनताका दैनिक समस्यालाई सदनमा सशक्त रुपमा उठाउने परिपत्रमा उल्लेख छ । सदनमा खबरदारी गर्दागर्दै सरकार झनझन प्रतिगमनतिर अगाडि बढेमा सडक आन्दोलनबाहेक अर्को विकल्प नहुने माओवादीको ठहर छ ।



प्रतिक्रिया दिनुहोस्