
काठमाडौँ, ३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले रक्षाबन्धन ग्रहण गरेका छन् । रक्षबन्धन तथा जनैपूर्णिमाका अवसरमा राष्ट्रपति पौडेलले कान्तिपुरय उपक्रम गुठी र उपक्रम गुठी ललितपुरका गुठीयारसहितका पदाधिकारीले प्रदान गरेको रक्षाबन्धन ग्रहण गरेका हुन् ।
दुवै गुठीका पदाधिकारीले दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेललाई रक्षाबन्धन प्रदान गरेका थिए ।