Logo

परराष्ट्रमन्त्री राणा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता



काठमाडौँ, ३ भदौ । भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । भेटवार्तामा द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको बताइएको छ ।

मोदीसँगको भेटवार्ताबारे जानकारी दिँदै मन्त्री राणाले भनेकी छिन्-“भारतका प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूसँग आज साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट गरेको छु । यस भेटवार्ताका क्रममा नेपाल-भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भयो । नेपालको परराष्ट्रमन्त्रीका रुपमा मेरो यो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा मैले गरेको छु ।”

भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा मन्त्री डा.राणा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली गएकी थिईन् । डा. राणा परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा. राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्