Logo

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु, क्याविनेटमा प्रस्ताव लाने तयारी



काठमाडौं, ४ भदौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको हो ।

आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएर नै मन्त्री गुरुङले उक्त प्रस्ताव क्याविनेटमा लान लागेको बताइएको छ ।

सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो ।



प्रतिक्रिया दिनुहोस्