Logo

पत्रकार धमलालाई हाँस्यकलाकारहरुको सुझावः ‘पार्टी खोल्नुस्, ०८४ को निर्वाचन लड्नुस्’



काठमाडौैं, ४ भदौ । गाईजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रममा पत्रकार ऋषि धमलालाई हाँस्यकलाकारहरुले पार्टी खोलेर २०८४ को निर्वाचन लड्न सुझाव दिएका छन् ।

हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले आफूले धमलाले पार्टी खोल्नेबारे सुनेको बताउँदै शुभकामना व्यक्त गरे । ‘हाम्रो ऋषि धमलाले पार्टी पनि खोल्दै हुनुहुन्छ भन्ने मैले सुनेको छु । उहाँलाई म शुभकामना दिन चाहन्छु,’– उनले भने ।

अर्का हाँस्य कलाकार दिनेश काफ्लेले धमलाले पार्टी खोलेको खण्डमा ०८४ को निर्वाचनपछि संसद्मा देख्न सकिने बताए । ‘अबको चुनावमा ऋषि धमलाले पार्टी खोल्नुभयो भने संसद्मा देख्छौं,’– उनले भने ।

त्यस्तै, हाँस्यकलाकार शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले पनि ०८४ मा पार्टी खोल्न भन्दै धमलालाई आग्रह गरे । ‘२०८४ मा ऋषि दाइले पार्टी खोल्नुपर्छ । ऋषि दाइले यस क्षेत्रका लागि धेरै नै मेहनत गर्नुभएको छ,’– उनले भने ।

उक्त साक्षत्कार कार्यक्रममा अन्य थुप्रै हाँस्य कलाकारहरु र पत्रकार धमला पनि सहभागी थिए । पत्रकार धमलाले पार्टी खोल्नेबारेमा भने केही बोलेनन् ।



प्रतिक्रिया दिनुहोस्