Logo

गाईजात्रामा हाँस्यकलाकार सिम्खडाको प्यारोडी,‘भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी’



काठमाडौं, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ ।
गाइजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ ।

हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को क्यारिकेचर गरे । कलाकार सिम्खडाले ‘कहिले घाँस कहिले दाउरा, पधेरीमा पानी, घाँस, दाउरा, पानी गर्दै सकियो जवानी’ भन्ने गीतलाई प्यारोडी गाएका थिए । उनले प्यारोडीमा देशमा व्याप्त भ्रष्टाचार र युवाहरुको विदेश पलायनलाई समेटेका थिए ।

‘कहिले यती, कहिले ओम्नी, कहिले गिरीबन्धु कहानी, भुटानी शरणार्थीमा सुन्छु भाउजुको कहानी,’– उनले प्यारोडीमार्फत व्यङ्ग्य गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्