Logo

मैले भुटनदेवीको दर्शनार्थी भनेको, उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ: शैलेन्द्र सिम्खडा



काठमाडौं, ४ भदौ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ विभिन्न कार्यक्रमसहित आरम्भ भएको छ । गाइजात्राको धार्मिक, सांस्कृतिक महत्व र विश्वाससँगै यो पर्व हाँस्यव्यङ्ग्यसँग पनि जोडिएको छ ।
गाइजात्राको अवसरमा हाँस्यकलाकारहरुले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा रहेका विकृति र विसंगतिलाई प्रस्तुत गर्ने गर्छन् । गाइजात्राको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्यकलाकारहरुसँग साक्षत्कार कार्यक्रम गरेको छ ।

हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले आफूले ४५ वर्षदेखि निरन्तर गाइजात्राको प्रस्तुति गरिरहेको बताए । पहिला गाइजात्राको अवसरमा वर्षको एक हप्तामात्रै व्यक्ति तोकेर व्यङ्ग्य गर्न पाइने अवस्था पनि उनले स्मरण गरे । सिम्खडाले गाइजात्राको अभिव्यक्तिलाई सहज रुपमा लिइदिन पनि आग्रह गरे । यसपटक प्रज्ञा भवनमा ५’शो र राष्ट्रिय नाचघरमा ११ शो गाइजात्रा प्रदर्शन गरिने पनि उनले जानकारी गराए ।

कार्यक्रममा उनले कवितामार्फत राजनीतिक नेतृत्वमाथि ब्यङ्ग्य गरे । पत्रकार धमलाले अबबाट ‘सकरात्मकताको खोजी गरौं’ भन्ने प्रस्ताव गरेको स्मरण गराउँदै उनले त्यो अवस्था नरहेको बताए । उनले राजनीतिक व्यक्तित्वमाथि कवितामार्फत यसरी व्यङ्ग्य गरेः
‘श्रीमान ममाथि लागेको आरोप मिथ्या छ ।

मैले प्रष्ट भन्दा उहाँहरुले भ्रष्ट सुन्नुभो ।
मैले गठबन्धन भन्दा उहाँहरुले ठगबन्धन सुन्नुभो ।
मैले जोरपाटी भन्दा उहाँहरुले चोरपाटी सुन्नुभएछ ।
मैले भुटनदेवीको दर्शनार्थी भनेको,
उहाँहरुले भुटानी शरणार्थी सुन्नुभएछ ।
मैले झापाको टी स्टेट कसले खाएको भनेको,
उहाँहरुले बालकोट बा सुन्नुभएछ ।



प्रतिक्रिया दिनुहोस्