Logo

देउवाले अनुमतिविना किताब लगेर फिर्ता नदिएको सिलवालको आरोप



काठमाडौं, ४ भदौ । नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीकी धर्मपत्नी भारती सिलवालले शेरबहादुर देउवाले आफ्नो अनुमतिविना किताब लगेको र अझैसम्म फिर्ता नदिएको बताएकी छन् । आज (मंगलबार) प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा आयोजित सभामा उनले कांग्रेस सभाति देउवामाथि यस्तो आरोप लगाएकी हुन् ।

‘मेरो एउटा किताब जयकृष्ण मूर्तिको हातमा लिएर जान थाल्नुभयो मेरो अनुमतिविना । आई थिङ्क ‘द लास्ट फ्रिडम’ कि के थियो त्यसको नाम । याद छ शेरबहादुरजी तपाईँलाई ?’ देउवा पनि सहभागी कार्यक्रममा उनले प्रश्न गरिन् ।

सिलवालले देउवाले अहिलेसम्म उक्त किताब फिर्ता नदिएको भन्दै आफू त्यो किताबको प्रतिक्षामा रहेको बताईन् ।



प्रतिक्रिया दिनुहोस्