Logo

कांग्रेसले ‘समझदार नेता’ भनेपछि माधवले फुर्किँदै भने, ‘कम्युनिष्टहरुमा पो बुद्धि छैन त !’



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले कम्युनिष्टहरुमा पछि चेत आउने गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले कम्युनिष्टहरुमा ज्यादा अहंकार रहेको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई कार्यक्रममा उद्घोषकदेखि वक्तासमेतले शालिन, समझदार, सहज व्यक्तित्वको संज्ञा दिएका थिए । कांग्रेसको कार्यक्रममा आफूलाई विभिन्न उपमा दिएर सम्बोधन गरिएसँगै उनले कम्युनिष्टहरुको सबैभन्दा बढी गालीगलौज हुने गरेको बताए ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ लक्षित गर्दै उनले भने, ‘समझदार नेता, धन्यवाद छ तपाईँहरुलाई । मिलेपछि प्रमुख बन्न पाइन्छ भनेर देखाउनुभयो । कम्युनिष्टहरुमा पो बुद्धि छैन अझै । कम्युनिष्टहरुमो चेत पछि आउँदोरहेछ । अहंकार ज्यादा आउँदोरहेछ । विनम्र होउँ । यहाँ नै सबैभन्दा बढ्ता गाली गलौज हुन्छ,’– उनले भने । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्