Logo

लोकतन्त्रलाई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने विषय सही सावित हुँदै गएको छः कांग्रेस नेता विश्वकर्मा



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले लोकतन्त्रलाई जनताबाट नभई माथिल्लो तहका नेताबाट नै खतरा छ भन्ने विषय अहिले सही सावित हुँदै गएको बताएका छन् ।

कांग्रेस नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति दिवसका अवसरमा स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वर्गीय नेता गिरीले भन्ने गरेको उक्त विषय स्मरण गराएका हुन् ।

नेता विश्वकर्माले कांग्रेसभित्र दलित, महिला, जनजाति, मधेशीलाई समावेशी रुपमा अघि बढाउनुपर्ने विचार गिरीले नै अघि सारेको बताए । स्वर्गीय नेता गिरएको विचारमा सभापति शेरबहादुर देउवाले कर्णाली जोडेर कदमजमको अवधारणा अनुसार विसं २०५८ देखि नै काम गर्दै आएको बताए । Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्