Logo

उर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने अर्थमन्त्री पौडेलको जोड



काठमाडौं, ५ भदौ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उर्जाको आन्तरिक खपतमा जोड दिनुपर्नेमा जोड दिएका छन् । आज (बुधबार) स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले पहिला उर्जाको आन्तरिक खपतमा जोड दिनुपर्ने र त्यसपछि मात्रै अन्य देशहरुमा बेच्न सकिने बताएका हुन् । नेपालको जलस्रोतको सम्भावनालाई अधिकतम् मात्रामा प्रयोग गर्नेबारेमा सोच्न उनले इप्पानका पदाधिकारीहरुलाई सुझावसमेत दिए ।

‘हामी लोडसेडिङबाट मुक्त हुनसक्ने विन्दुको नजिक आइपुगेका छौं । सुख्खा मौसममा खरिद गर्नुपर्ने स्थितिबाट हामी अझै पनि बाहिर निस्किन सकिरहेका छैनौं । यति नै प्रगतिलाई प्रगति मानेर बस्ने होईन । हामीले जलस्रोतको भरपुर सदुपयोग गर्नुपर्छ । जलस्रोत समृद्धिको आधार हो भन्ने कुरा विर्सन हुँदैन । हामीले उर्जाको आन्तरिक खपत बढाएर जानुपर्छ । उर्जाको आन्तरिक खपत बढाएर जाने कुराले समग्र राष्ट्रको हैसियतलाई समेत प्रतिबिम्बित गर्छ,’– मन्त्री पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्